पत्रकारलाई सत्य तथ्य कुरा बाहिर ल्याउन सीडीओको आग्रह

भद्रपुर, झापा । झापाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सरकारी कार्यालयका राम्रा–नराम्रा पक्षहरुलाई प्रमाणका आधारमा निष्पक्ष भएर सार्वजनिक गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।
भद्रपुरस्थित जिल्ला प्रसाशन कार्यालयमा मंगलबार झापाका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रजिअ तिमिल्सिनाले सत्य र तथ्य कुरा निष्पक्ष भएर बाहिर ल्याउन सञ्चारकर्मीहरुलाई अनुरोध गर्नु भयो ।
उहाँले गैरकानुनी गतिविधि नियन्त्रण गरी जिल्लामा शान्ति सु–व्यवस्था कायम गर्न आफू प्रतिबद्ध रहेको बताउँदै उहाँले चोरी, तस्करी, सीमा अपराध, नदी दोहन, कालावजारी, ठगी लगायत अबैध कार्य रोक्न सबैसँग सहयोग गर्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्