चितवनमा लागू औषध सहित दुईजना पक्राउ
चितवन । चितवन प्रहरीले लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगरपालिका वडा नम्बर २ का किशोर शाह र स्याङ्गजा गल्याङ्ग नगरपालिका वडा नम्बर १ का राजेश बस्याल रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आइतबार बेलुका ६ बजे भरतपुर महानगरपालिका वडा नं.११ भोजाड चोक स्थित सडकमा शंकास्पद रुपले हिडडुल गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन । उनीहरुको शरीरमा खानतलासी गर्दा लागु औषध डाइजेपाम ४३ एम्पुल, फेनारगन ३८ एम्पुल, नुफिन ३९ एम्पुल बरामद गरिएको कार्यालयका प्रवत्ता सूर्य बहादुर थापाले जानकारी दिनुभयो ।
उनीहरुलाई पक्राउ गरी म्याद थपेर अनुसन्धान भइरहेको उहांँले बताउनु भयो ।
यस्तै, हाल वेस्टइन्डिजमा चलिरहेको सिपिएल — टी २० क्रिकेट खेलमा बाजी राख्न नेपालमै बसी ईन्टरनेट ब्राउजरबाट डब्लु डब्लु डब्लु डट डायमण्ड एक्स्चेन्ज डटकम जस्ता वेसाइट प्रयोग गरी सट्टाबाजी खेल्ने चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गैडाकोट नगरपालिका वडा नम्बर २ बस्ने वर्ष सविन कंडेल, सोही ठाउँ बस्ने राजेश सिग्देल रहेका छन । यस्तै भरतपुर महानगरपालिका वडा नम्बर ७ का रिनाज आचार्य र सञ्जिल लामिछाने रहेका छन । उनीहरुको साथबाट नगद रू.एकलाख ७२ हजार पाँचसय रुपैयांँ र सट्टाबाजीको लागि प्रयोग गरेका मोबाइलहरु समेत बरामद गरिएको प्रवत्ता थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका चारैजनालाई सट्टाबाजी मुद्दा (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर) मा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्