तपाईँ सुन्दै हुनुहुन्छः

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सील

बाँके । अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण देखिएपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सिल गरीएको छ ।

चिकित्सकसहित १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल सील गरिएको हो ।

अस्पतालका प्रमुख विश्वराम पौडेलका अनुसार, दुईजना चिकित्सक, तीनजना प्रशासन शाखाका कर्मचारी, एकजना नर्स र पाँचजना अस्पताल सहयोगीलाई भाइरस संक्रमण देखिएको छ । यसअघि अस्पतालका गाडी चालकलाई पनि कोरोना भाइरस संक्रमण भएको थियो ।

अस्पतालमा भाइरस संक्रमण देखिएपछि अन्य सबै चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारी सेल्फ क्वारेन्टिन बसेका छन् । उनीहरुको पीसीआर परीक्षणको तयारी भइरहेको छ । अस्पतालमा ४२ जना कार्यरत रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button