तपाईँ सुन्दै हुनुहुन्छः

थप एक हजार ७ सय ३६ जना कोरोना संक्रमणमुक्त

बालिका मादेन । आज एकै दिन एक हजार ७ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज थप एक हजार ७ सय ३६ जना कोरोना संक्रमण मुक्त भएसँगै संक्रमण मुक्त हुनेको कूल संख्या ३० हजार ६ सय ७७ पुगेको प्रा.डा जोगेश्वर गौतमले जानकारी दिनुभयो ।

आज काठमाडौँ उपत्यकामा ३ सय २६ जना सहित थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौमा २ सय ९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जना सहित ३ सय ३८ महिला र ६ सय ४१ पुरुष गरी ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

यो संगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ४७ हजार २ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणका कारण आज थप ११ जनाको मृत्यु भएको छ ।

संक्रमणबाट आज ७ जना पुरुष र ४ महिलाको मृत्यृभए सँगै नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या तीन सय पुगेको छ ।

संक्रमणबाट काठमाडौका ३ जना, सिराहका २ जना, मोरङ, सर्लाही,दोलखा, मकवानपुर,कास्की र बाँके जिल्लाका १÷१ जनाको मृत्यृ भएको प्रा.डा गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार आज देशभर संक्रिय संक्रमितहरुको संख्या १६ हजार २ सय ५९ जना रहेको छ भने देशभर संस्थागत आइशोलेसनमा ९ हजार ६६ जना र होम आइशोलेसनमा ७ हजार एक सय ९० जना रहेका छन् ।

यस्तै संक्रमितहरुमध्ये १ सय ७१ जनाको आइसियुमा र २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button