जिप दुर्घटना हुँदा चालकसहित दुईको मृत्यु, ६ जना घाइते
तनहुँ । तनहुँ ऋषिङ गाउँपालिका–१ स्थित देउलीखोलामा जिप दुर्घटना भएको छ ।
दुर्घटनामा परी जिप चालकसहित दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा जिप चालक म्याग्दे गाउँपालिका(७ बस्ने ३२ वर्षीय होम बहादुर श्रेष्ठ र यात्रु व्यास नगरपालिका(५ का ५५ वर्षीय राजकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
ग १ ज ७१२८ नम्बरको जीप देउलीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जिल्लाको व्यास–५ चापाघाटबाट कोरोनाबाट मृत्यु भएका आफन्तको घरमा भेटी लिएर जाने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिपमा चालकसहित ८ जना सवार थिए । जसमध्ये दुईको मृत्यु भईसकेको छ ।
६ जना घाइते भएका मध्य ४ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै एक जना घाइतेको दमौली स्थित समाधान अस्पतालमा उपचार भईरहेकोे र एक जना उपचार पश्चात डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्