भन्सार छलेर ल्याइएका बाख्रा नियन्त्रणमा
बारा । सशस्त्र प्रहरी बाराले भन्सार छली नेपाल भित्रियाईएको ४३ वटा बाख्रा नियन्त्रणमा लिएको छ ।
सुवर्ण गाँपालिका वडा नम्बर ५ सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बाख्रा नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी नायव उपरिक्षक निरन्जन भण्डारिले जानकारी दिनुभयो ।
बरामद बाख्राको मुल्य भन्सार दाखिला गर्दा २ लाख ६८ हजार कायम भएको सशस्त्र प्रहरी नायब उपरीक्षक भण्डारीले बताउँनुभयो ।







प्रतिक्रिया राख्नुहोस्