सञ्चारकर्मीलाई सुरक्षा सामग्री वितरण
काठमाडौं । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले कोभिडलाई बहाना बनाएर सञ्चारगृहले पत्रकारलाई रोजगारीबाट निकालिरहेकाले सरकारले संरक्षणको नीति नलिए पत्रकारिता पेशा नै सङ्कटमा पर्ने बताउनुभएको छ ।
घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको आर्थिक सहयोगमा निशानदेवी मिडिया प्रा.लिले आज गरेको पत्रकारहरूका लागि सुरक्षा सामग्री वितरण कार्यक्रममा महासङ्घका महासचिव विष्टले वर्तमान समयमा पत्रकारिता पेसा र अधिकार चुनौतीको विषय बनेको बताउनुभयो ।
उहाँले कोरोना संक्रमण महामारीका कारण एक सय जना पत्रकार कोरोना सङ्क्रमित बनेको, दुई हजार पत्रकार पूर्ण बेरोजगार बनेको र अधिकांश पत्रकारहरूमा आर्थिक असुरक्षा को विषय जटिल बनिरहेको बताउनुभयो ।
निशानदेवी मिडिया प्रा.लिका अध्यक्ष गोपाल बराईलीले वर्तमान परिस्थितिमा पत्रकार पनि सुरक्षित रहनुपर्ने पत्रकारहरूका लागि सुरक्षा सामग्री वितरण गरिएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न सञ्चार गृहका ७० जनाबढि पत्रकारहरूलाई प्रेस ज्याकेट, फेससिल्ड, ग्लोब्स र मास्क वितरण गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्