तीनै तहका जनप्रतिनिधीसँग समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड

बाँके । बाँकेमा आयोजित एक कार्यक्रममा तीनै वटा तहबीच आपसी समन्वय हुनुपर्नेमा जनप्रतिनिधीहरुले जोड दिएका छन् ।
बाँकेको नेपालगञ्जमा जिल्ला समन्वय समिति बाँके र जिल्लाका सबै पालिकाहरुको बार्षिक समिक्षा कार्यक्रममा बोल्ने तीनै तहका जनप्रतिनिधीहरुले आपसी समन्वय गर्दै काम गर्नुपर्ने आवश्यकता औल्याएका हुन् ।
निर्वाचन भएको धेरै समय बितिसक्दा पनि राम्रोसँग समन्वय हुन सकेको भन्दै अब स्थानीय, प्रदेश र संघियका जनप्रतिनिधीहरुले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिइएको हो ।
बार्षिक समिक्षा कार्यक्रममा बोल्दै पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद ईस्तियाक राईले सबैसँग समन्वय गरेर अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि भए गरेका कामहरुमा तीनै तहका जनप्रतिनिधीहरुसँग राम्रो सहकार्य हुन नसकेको संस्मरण गराउँदै पुर्वमन्त्री राईले अब व्यक्तिगत तथा पार्टीगत रुपमा बाँकेको विकासको लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
बाँके क्षेत्र नम्बर १ का संघिय सांसद महेश्वर गहतराज ‘अथक’ले स्थानीय पालिकाहरुले योजनाका बारेमा एक अर्काको राम्रा पक्षहरुको सिकाइ गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
‘नगरपालिका वा गाउँपालिकाले ल्याएका राम्रा योजनाहरु एकअर्काले अनुसरण गरे मात्र जिल्लाको समृद्धि हुन्छ’ उहाँले भन्नुभयो, ‘सबै पालिकामात्र नभएर देशका सबै तहरु बीच समन्वय हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै बाँके निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सांसद कृष्णा केसी ले कतिपय बेला तीनै तहबीच सहकार्य र समन्वय भएको भएपनि आवश्यकता अनुसार हुन नसकेको जिकिर गर्नुभयो ।
‘हामी तीन वटै तहका जनप्रतिनिधी र कर्मचारीहरु बीच सोचेजस्तो समन्वय हुन सकेको छैन’ उहाँले भन्नुभयो, ‘समन्वय र सहकार्यको कमीले गर्दा कतिपय कामहरु समयमा पूरा हुन नसकेको पाइन्छ ।’
बाँके जिल्लाको विकासको लागि सांसद कृष्णा केसीले समेत तीनै तहका जनप्रतिनिधीसँग समन्वय र सहकार्य अहिलेको प्रमुख आवश्यकता रहेको औल्याउनुभयो ।
प्रदेश सांसद इन्द्र प्रसाद खरेल ‘आइपी’ले तीनै तहबीच आवश्यक सहकार्य नहुँदा कतीपय विकास कामहरु अवरुद्ध हुन पुगेको स्मरण गराउनुभएको थियो ।
‘समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति र आठ वटै पालिकाका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो पालिकाले गरेका कामको प्रगति प्रतिवेदन प्रस्तुत गर्नभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्