दमकमा जारी लकडाउनमा खुकुलो बनाइयो
झापा । झापाको दमकमा गत श्रावण ३१ गते रातीदेखि जारी गरिएको निषेधाज्ञा गए राती १२ः०० बजेबाट खुकुलो भएको छ ।
नगरपालिकामा आइतबार भएको सर्वपक्षीय छलफलमा अब बजार तथा वित्तीय संस्था बिहान ७ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म खुला गर्ने निर्णय भएको दमक उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष प्रकाश प्रसाईँले जानकारी दिनुभयो । यसभन्दा अघि निषेधाज्ञा थप्दा बिहान ७ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म बजार खुला गर्ने निर्णय भएको थियो ।
अब खुकुलो बनाउँदै अपराह्न ४ः०० बजेसम्म बजार खुल्ला गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।बजार खुले पनि होटल व्यवसाय खोल्न पाइने तर होटलमै ग्राहकलाई खान दिन नपाइने भएको छ ।होटलमा बनाएको खानेकुरा किनेर घरैमा लगेर खाने व्यवस्था मिलाउनु पर्ने छ ।
त्यसै गरी बढी भिडभाड हुने कार्यक्रम र भेला गर्न पाइने छैन भने पसल सञ्चालन गर्दा मास्क र स्यानिटाइजर अनिवार्य लगाउनु पर्ने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्