सुखानीको विकासका लागि सरोकारवालाहरूको प्रतिबद्धता

झापा । दक्षिणी इलामको माई नगरपालिका–४ मा रहेको सुखानी शहिद सहादतस्थलको विकासका लागि सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध युवा सङ्घ नेपाल र सुखानी सहिद सहादतस्थल समितिको संयोजनमा भएको भेलामा सरोकारवालाहरूले विकासका लागि प्रतिबद्धता जनाएका हुन् ।
इलामका प्रदेश सांसद काजीमान कागतेको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियामा माई नगरपालिकाका प्रमुख दीपक थेवे, उपप्रमुख विष्णुमाया आचार्यलगायतको सहभागिता रहेको थियो ।
भेलामा सहभागीहरूले विकासको कार्यमा ओझेलमा परेको इलामको सुखानीलाई भौतिक तथा पर्यटकीय क्षेत्रका रूपमा थप विकास गर्नुपर्ने बताएका थिए ।
सुखानीमा वि.स. २०२९ साल फाल्गुन २१ गते तत्कालीन पञ्चायती शासकहरूले झापा कारागारबाट इलाम जेल सार्ने भन्दै पाँच शहीदहरू नेत्र घिमिरे, रामनाथ दहाल, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र बिरेन राजवंशीको निर्ममता पुर्वक हत्या गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्