नेपालगञ्ज उपमहानगरपालिका शिल

नेपालगञ्ज। कोरोना संक्रमणका कारण कर्मचारीको निधन भएपछि नेपालगञ्ज उपमहानगरपालिका शिल गरिएको छ । जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण निधन भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले गहिरो दुःख ब्यक्त गर्दै आज एक दिन शोक मनाउन कार्यालय बन्द गरेको छ ।
भोलिदेखि तीन दिनसम्म कार्यालय शिल गर्ने निर्णय पनि गरिएको मेयर डा. धवलशमशेर राणाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्