तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ६ जना कोरोना संक्रमित डिष्चार्ज

नेपालगञ्ज। बाँकेमा आज थप ६ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । अतिथि होटल आइसोलेसनबाट २ जना तथा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज चिसापानी आइसोलेसन, होटल इन्द्रेणी र लायन्स डेण्टल आइसोलेसनबाट १र१ जना निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८ सय ३१ पुगेको छ । अब आइसोलेसनमा बाँकेमा ४ सय १३ र अन्य जिल्लाका ३ जना गरी ४ सय १६ जना छन् । बाँकेमा हालसम्म १ हजार २ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ७ जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button