तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङ पहिरोमा परी दुईजनाको ज्यान गयो

ताप्लेजुङ-अविरल वर्षाका कारण ताप्लेजुङको नागदेवा लघुजल विद्युत् आयोजनाको पावर हाउसमा झरेको पहिरोमा परी दुईजनाको ज्यान गएको छ । गयराति पहिरोले सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बू र ५५ वर्षीय विष्णुदास थेबको ज्यान गएको जिल्ला नयाव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

विहान ६ बजे खवर पाएसंगै घटनास्थलमा गएका प्रहरी तथा स्थानीयबासीको सहायतामा मृतकहरुको शव निकालिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button