तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु

 नेपालगञ्ज- बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का ५९ बर्षका पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा गएराति साढे ८ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
भदौ १२ गते स्वास्थ्यमा समस्या आएपछि कोरोनाको आशंकामा उनको १३ गते स्वाव परिक्षण गरिएको थियो । १५ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनी न्यू होटेल इन्द्रेणीको आइसोलेसनमा बस्दै आएका थिए । तर, स्वास्थ्य अवस्था विग्रँदै गएपछि १८ गते अस्पताल भर्ना भएका उनको गएरति मृत्यु भएको हो ।
उनमा मुटुको रक्त नली बन्द हुने समस्या भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन श्रेष्ठले बताउनुभयो । यो सँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button