तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक १०.४५ अंक घटेर १४९९.९७ विन्दुमा

काठमाडौं । आइतबार नेपाल शेयर बजारको नेप्से परिसूचक १०.४५ अंक घटेर १४९९.९७ विन्दुमा झरेको छ ।

आइतबार नेप्सेको प्रि ओपनिङ्ग सेसनमा बजार उच्च अंकले बढेपनि बजार खुलेदेखि परिसूचक निरन्तर ओरालो लागेको थियो । प्रि ओपनिङ्ग सेसनमा ४२ अंक अर्थात २.७८ प्रतिशत बढेको नेप्से परिसूचक कारोबारको अन्त्यमा ०.६९ प्रतिशत घटेर बन्द भयो ।

लगानीकर्ताहरुले प्रोफिट बुकिङ्ग गर्दा यस दिन बजार घटेको जानकारहरु बजारका जानकारहरुले बताएका छन् । अघिल्लो सातादेखि निरन्तर बढेको बजारमा अल्पकालिन लगानीकर्ताहरुले नाफा बुक गर्न थालेपछि बिक्री चाप बढेको हो ।

आइतबार शेयर बजारमा १९१ कम्पनीहरुका ३४ हजार ८६३ पटकको कारोबारमा २ अर्ब ७८ करोड २३ लाख ७७ हजार रुपैयाँ बराबरका ७० लाख ३८ हजार कित्ता शेयरहरको किनबेच भएको छ ।

बजार घटेपनि यस दिन ५ कम्पनीहरुको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button