सुदूरपश्चिममा प्लाज्मा थेरापी विधिबाट उपचार सुरु
कैलाली । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको छ ।
सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेकी एक महिलालाई प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको हो ।
कोरोनाबाट संक्रमण मुक्त भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलबारीका २२ वर्षीय युवकले संक्रमित महिलाको लागि प्लाज्मा थेरापीबाट उपचारका लागि रगत दान गरेका थिए ।
कोरोना संक्रमण पछि गम्भिर अवस्थामा पुगेकी महिलामा प्लाज्मा थेरापी गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्