सप्तरीमा अदालत र विद्युतका कर्मचारीसहित थप १८ जना संक्रमित
सप्तरी । सप्तरीमा अदालत, विद्युत, प्रहरीसहित आइतबार थप १८ जनामा कोरोना संक्रमण भेटिएको छ । संक्रमण पुष्टि भएकामध्ये दुई जना महिला छन । यो सँगै जिल्लामा अहिलेसम्म संक्रमितको संख्या ९१६ पुगेको छ ।
स्वास्थ्य कार्यालयका निमित प्रमुख दुनियालाल यादवका अनुसार आज थपिएका संक्रमितहरुमा सप्तरी अदालतका चार, विद्युत प्राधिकरण राजविराजका तीन, एक प्रहरी, राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका पाँच–पाँच जना रहेको छ ।
अदालतका ५२, २५, ३४ वर्ष र उमेर नखुलेका एक पुरुषमा कोरोना संक्रमण भेटिएकोे जानकारी दिए । राजविराज स्थित विद्युत प्राधिकरणका उमेर नखुलेका तीन पुरुष रहेको छन भने एक जना ३३ वर्षीय पुरुष प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका शर्मिला चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै राजविराज नगरपालिका वार्ड नम्बर ४ का ७० वर्षीय पुरुष, वार्ड नम्बर नखुलेको ३५ वर्षीय पुरुष, वार्ड नम्बर ७ का २७ वर्षीया महिला, वार्ड नम्बर २ का २२ वर्षीय पुरुष र १४ वर्षीया महिलामा संक्रमण भेटिएको उनले बताइन ।








प्रतिक्रिया राख्नुहोस्