तपाईँ सुन्दै हुनुहुन्छः

अवैध राँगा तथा खसी पक्राउ 

सुनसरी । सुनसरीमा पशु चौपायाको चोरी तस्करी बढेको भन्दै प्रहरीले निगरानी बढाएको छ ।

निगरानी बढाएको बेला आईतबार सुनसरीको इनरुवा नगरपालिका वडा नं.१० जल्पापुर हरिनगर सडक खण्डमा भारतबाट भन्सार छलि गरी नेपाल तर्फ ल्याएको राँगा र खसी पक्राउ गरेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा सादा पोशाकमा खटिएको गस्ती प्रहरी टोलीले को. २ च ११६४ नम्वरको पिकअपलाई शंकालागी चेकजाच गर्न खोज्दा पिकअप चालक सवारी साधन छाडी भागेपछि १५ राँगा र दुई खसी पक्रउ गरेको हो ।

पिकअप भेन, राँगा र खसी पक्राउ गरी आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय कोशी व्यारेज पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button