कर्मचारीमा कोरोना पुष्टि भएपछि मालपोतको सेवा स्थगित
स्याङ्जा । मालपोत कार्यालय स्याङ्जाका कर्मचारीमा कोरोना पुष्टी भएपछि यहाँको दुई कार्यालयले सेवा स्थगित गरेको छ । स्याङ्जा मालपोत कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्लाका दुई मालपोत कार्यालय बन्द गरिएको हो ।
एक सातादेखि अस्पतालमा उपचाररत उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । संक्रमण देखिएका व्यक्ति सगँसंगै काम गर्ने अर्का कर्मचारी शुक्रवार वालिङ मालपोत कार्यालयमा कम्पुयटर सम्वन्धी काम गर्न आएका थिए । कन्ट्याक्ट ट्रेसिङ्का आधारमा वालिङमा कार्यरत कर्मचारीहरु पनि परेका कारण वालिङको मालपोत समेत बन्द गरिएको वालिङ नगर स्वास्थ्य प्रमुख कमल पाण्डेले बताउनुभयो ।
पाण्डेका अनुसार एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै कार्यालयमा कार्यरत अन्य कर्मचारीका कन्ट्रयाक ट्रेसिङ् गर्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट उपलब्ध गराइने सेवाप्रवाह स्थगित गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्