तपाईँ सुन्दै हुनुहुन्छः

बाह्रौँ हलिया मुक्ति दिवस : सबै मुक्त हलियाहरुको उचित व्यवस्थापन हुन सकेन

कञ्चनपुर । सुदूरपश्चिम, कर्णाली र प्रदेश नम्बर ५ का विभिन्न जिल्लामा आइतबार बाह्रौँ हलिया मुक्ति दिवस मनाइएको छ ।

वि.सं. २०५९ सालदेखि सङ्गठित रूपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका १९ हजार ५९ हलिया परिवारको उत्थानका लागि २०६५ भदौ २१ गते नेपाल सरकारले मुक्ति घोषणा गरेको थियो ।

सरकारले हलिया मुक्तिको घोषणा गरेको सोही दिनलाई मुक्ति दिवसका रूपमा मनाउने गरिएको छ ।

कञ्चनपुर, डडेलधुरा, बैतडी, कैलाली, डोटी, बझाङ, बाजुरा, सुर्खेत र बर्दिया जिल्लामा मुक्त हलिया परिवारको बसोबास रहेको छ ।

मुक्ति घोषणा पछिका १२ वर्ष बितिसक्दा पनि सबै मुक्त हलियाहरुको उचित व्यवस्थापन हुन नसकेको राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले बताउनुभयो ।

यद्यपि गत वर्ष देखि मुक्त हलिया र मुक्त कमैयाहरूको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button