तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाद्धारा दलित समुदायलाई राहत वितरण

लहान । सिरहाको सखुवान्नकारकट्टी गाउँपालिकाले कोरोना महामारीमा अति प्रभावित विपन्न दलित समुदायलाई राहत वितरण गरिरहेको छ । लकडाउनको मार खेपिरहेका गाउँपालिकाका सम्पूर्ण दलित समुदायलाई राहत स्वरूप खाद्यान्न वितरण गरिरहेको सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो ।

वडा नम्बर १ देखि ५ वटै वडाका करिब १२ सय ३४ परिवारलाई राहत दिइने लक्ष्य राखिएको अध्यक्ष यादवले बताए । ताईवानका संस्था चु जी फाउन्डेसनको आर्थिक सहयोग, दलित सरोकार मञ्च कञ्चनपुर सप्तरी र गाउँपालिकाको विशेष पहलमा प्रति परिवार मसिनो चामल २५ किलो, गहुँको पिठो १० किलो, १ किलो चना, १ किलो मसुरी दाल, १ लिटर खाने तेल, १ किलो नुन, ६ वटा नुहाउने साबुन लगायतका राहत वितरण गरिरहेको संस्थाका कार्यक्रम संयोजक अजय कुमार रामले जानकारी दिनुभएको छ ।

यसै स्वरूप वडा नम्बर ५ र ४ मा चार सय पाँच घरपरिवारलाई शनिवार सम्म राहत वितरण गरिसकेको र बाँकी वडाहरूमा भदौ २४ गते सम्ममा राहत वितरण गरिसक्ने संयोजक रामले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button