तपाईँ सुन्दै हुनुहुन्छः

  महेन्द्रनगरको भीमदत्त स्मृति पार्क व्यवस्थित बनाइँदै


कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको भीमदत्त स्मृति उद्यान व्यवस्थित बनाइने भएको छ । भीमदत्त नगरपालिकाले १० वर्षे ठेक्का सम्झौता रद्द गरी थप व्यवस्थित बनाउन लागेको हो । भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष राजेन्द्र पाण्डेयले महेन्द्रनगरको केन्द्रमा रहेको पार्कलाई व्यवस्थित बनाउन लागिएको बताए । उनका अनुसार यस अघि सञ्चालन गरिरहेको पक्षसँग सम्झौता खारेज गरी पुनः संरचना निर्माणसँगै व्यवस्थित गर्न लागिएको हो ।

नगरपालिकाले विनियोजन गरेको उद्यान व्यवस्थापन तथा सञ्चालन बजेटबाट पहिलो चरणमा पार्क सरसफाइको काम भइरहेको छ । यस अघि पार्क झाडी र बुट्यानले भरिएको, घाँस उम्रेको थियो भने पर्याप्त मनोरञ्जनका साधनको पनि अभाव थियो ।

महेन्द्रनगर बजारमै मनोरञ्जनका लागि सबैको रोजाइको गन्तव्यका रूपमा पार्कलाई मर्मत सम्भार र व्यवस्थित बनाउन लागिएको अध्यक्ष पाण्डेयको भनाई छ । पार्क भित्र चमेना गृह पार्किङ स्थल, बगैँचा समेत निर्माण हुनेछ ।

साथै पार्क सञ्चालनका लागि वडा कार्यालय आफैले जिम्मेवारी लिने अध्यक्षले बताउनु भएको छ । उनका अनुसार कर्मचारी राखेर पार्क सञ्चालनमा ल्याइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button