जीतपुरसिमरा उपमहानगरपालिकामा ५१ जना प्रहरी सहित बारामा ६६ जनामा कोरोना संक्रमण पुष्टि

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आज ५१ जना प्रहरी सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ईलाका प्रहरी कार्यालय सिमराका १९ जना प्रहरी ,सशस्त्र प्रहरी कार्यालय पथलैयाका २९ जना सशस्त्र , श्री नं.२८ बाहिणी गण जीतपुरका तीन जना, ईलाका प्रहरी कार्यालय सिमराका ४ जना थुनुवा कैदीबन्दी र कन्टयाक्ट ट्रेसिङगका ११ जना गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाको कोरोना फोकल पर्सन जितन ठाकुरले जानकारी दिनुभयो ।
कोरोना बिशेष अस्थाई अस्पताल सिमरामा भाद्र १८ गते १ सय ४५ जनाको स्वाब सङकलन गरी काठमाडौँको टेकु स्थित केन्द्रिय प्रयोगशालामा परिक्षणको लागि पठाईएको थियो । जसमा ६६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् भने आँठ जना पुरानै कोरोना संक्रमितको रिपोर्ट पोजेटिभ आएको कोरोना अस्पताल सिमराका डा.मञ्जु रोयले बताउँनुभयो ।
यो सँगै जीतपुरसिमरा उपमहानगरपालिकामा कुल कोरोना संक्रमितको सङख्या २ सय ३६ जना पुगेको छ । त्यस्तै नारायणाी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा बाराको भएको स्वाब परीक्षणमा महागढीमाई नगरपालिकाको दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा महागढीमाई नगरपालिकाको वडा नं.४ का ४० र २३ बर्षीय पुरुष रहेको जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादबले बताउँनुभयो ।








प्रतिक्रिया राख्नुहोस्