बाँकेमा थप आठ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज

नेपालगन्ज । बाँकेमा आज थप आठ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज चिसापानी आइसोलेसनबाट पाँच जना, नेपालगन्जस्थित आदर्शनगर आइसोलेसनबाट दुई जना र होटल इन्द्रेणीबाट एक जना निको भएर डिस्चार्ज भएका हुन् ।
योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या आठ सय २५ पुगेको छ । अब आइसोलेसनमा तीन सय ७९ जना छन् ।
बाँकेमा हालसम्म एक हजार दुई सय १० जनामा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमणका छ जनाको भने मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्