गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

पर्वत । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ ।
गोरखाको गोरखा नगरपालिका–७ की ७६ वर्षिया एक महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
ब्रेन हेमरेजको बिरामी रहेकी ती बृद्धालाई हिजो अचेत अवस्थामा गोरखा अस्पतालमा ल्याई आइसियुमा उपचार भइराखेको अवस्थामा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्माले बताउनुभयो ।
मृतकको हिजो कोरोना परिक्षण गर्दा सङ्क्रमण रहेको पत्ता लागेको थियो ।
अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।









प्रतिक्रिया राख्नुहोस्