एक युवकको हत्या गरेको आरोपमा लिम्बू पक्राउ

भद्रपुर, झापा । झापाको शिवसताक्षी नगरपालिकामा एक युवकको हत्या गरेको आरोपमा सोही ठाउँका मनकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ १६ गते शिवसताक्षी–११ का २९ वर्षीय गोमनसिंह मगरको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले मगरकै साथी शिवसताक्षी–८ का ३२ वर्षीय लिम्बुलाई शु क्रबार पक्राउ गरी शनिवार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको थियो ।
लेनदेन निहुँमा लिम्बुले मगरको हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झिलझिले स्थित पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर उत्तर सताक्षीधाम जाने बाटोको छेउमा मगरको बीभत्स शव भेटिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्