तपाईँ सुन्दै हुनुहुन्छः

झापामा लागु औषधसहित दुई जना पक्राउ

भद्रपुर, झापा । झापाको कमल गाउँपालिका–७ का दुई जना लागु औषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४० वर्षीय रोशन साह र १८ वर्षीय दिपक गुरुङ रहेका छन् ।

शनिवार बेलुका केर्खा चौकमा मे १ ह ६३७६ नम्बरको अटोमा आएका दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँज गर्दा लागु औषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूले बोकेको झोला खोलेर हेर्दा १२० ऐम्पुल डायजोपाम, १२० ऐम्पुल लुपिजेसिक र १२० ऐम्पुल फेनारगन फेला परेको र दुवै जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button