तपाईँ सुन्दै हुनुहुन्छः

मानव बेचबिखन मुक्त समाज निर्माणमा योगदान पुर्याउन आह्वान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणमा योगदान पुर्याउन सबैलाई आह्वान गर्नु भएको छ ।

‘मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १४ औं राष्ट्रिय दिवस’को अवसरमा आज आयोजित ‘भर्चुअल’ बैठकमा बोल्नुहुँदै मन्त्री गुरुङले राजनीतिक दल, सबै तहका जनप्रतिनिधिहरुले मानव बेचबिखन हुन नदिन आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो ।

उहाँले मानव बेचबिखन तथा ओसारपसारजस्तो जघन्य अपराधका अन्त्य गर्ने सरकारको अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभयो ।

बैठकमा नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले गरिवी र अशिक्षाका कारण मानव बेचबिखन चुनौतिको रुपमा देखिएको उल्लेख गर्नुहुँदै समस्या समाधानका लागि आवश्यक सबै खालको व्यवस्था गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button