बागलुङ: पहिरोमा परी ज्यान गुमाउनको संख्या १६ पुग्यो
बागलुङ । ढोरपाटनको भूजीखोलामा आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।
नेपाल प्रहरी र नेपाली सेनाको टोलीले शनिबार दिउसो १ बजे बडिगाड बडिगाडखोलाको किनारमा एक शव फेला परेपछि मृतकको संख्या १६ पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।
अन्दाजी २४, २५ बर्ष जस्तो देखिने उक्त शवको पहिचान हुन नसकेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।
शवलाई खोलाको किनारबाट निकाली प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको छ । बाढी पहिरोमा परी अझै २२ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरी टोली खटिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्