खैरेनी कुलामा डुबेर तुलसीपुरमा एक महिलाको मृत्यु
तुलसीपुर । खैरेनी कुलामा डुबेर तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१९ निवासी ६५ वर्षकी दिलु कुमारी खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिनुभयो ।
खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा आज दिउँसो ढाई बजे मृत्यु भएको प्रहरीले बताएको छ ।
घर नजिकै रहेको खैरेनी कुलामा बिहान डुबेको अवस्थामा आफन्तले भेटेपछि उपचारका लागि अस्पताल ल्याएका थिए ।








प्रतिक्रिया राख्नुहोस्