चोरी मुद्दामा फरार अभियुक्त पक्राउ
बाँके । बाँकेको कोहलपुरबाट एक जना फरार अभियुक्त पक्राउ परेका छन् । जिल्ला अदालत बाँकेले चोरी मुद्दामा ६ वर्ष कैद तोकेका एक व्यक्तिलाई कोहलपुर प्रहरीले आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका १३ भरैयाका २६ वर्षीय भीम पुन मगर रहेका छन् ।
बाँके प्रहरीले पछिल्लो समय फरार अभियुक्तहरू पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ । सोही क्रममा कोहलपुर प्रहरीले अदालतले ६ वर्ष कैद फैसला गरेका पुन मगर पक्राउ परेका हुन् ।








प्रतिक्रिया राख्नुहोस्