तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउन र निषेधाज्ञाका कारण राजश्व अशुली प्रभावित

वीरगञ्ज । लकडाउन र निषेधाज्ञाका कारण विकास निर्माणका कामसंगै राजश्व अशुलीमा समेत नराम्रो प्रभाव देखिएको छ ।

लकडाउन र निषेधाज्ञाका कारण वीरगञ्जमा एडिबि परियोजना, हुलाकी सडक आयोजना, वीरगञ्ज पथलैया ६ लेनको व्यापारीक मार्ग परियोजना, निजगढ काठमाडौ फाष्ट ट्रयाक, बर्दिबास सिमरा रेलमार्ग लगायतका ठुला परियोजनाहरु ठप्प रहेका छन् ।

कोरोनाका कारण विकास निर्माणमा गम्भीर असर परे पनि यति बेला मानिसको जीवन रक्षा ठूलो रहेको हुदा सरकारले जनताको जिवन रक्षालाई प्राथमिकतामा राखेर काम गरी रहेको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले बताउनुभयो ।

यससंगै उद्योग, कलकारखाना बन्द हुदा औद्योगिक कच्चा पदार्थको आयात देखी ईन्धनको आयातमा समेत ठुलो गिरावट आएको र त्यसको प्रभाव राजश्व अशुलीमा समेत परेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

मासिक झण्डै १५ अर्बको हाराहारीमा राजश्व उठाउदै आएको वीरगञ्ज भन्सार मा हाल ६–७ अर्ब मात्र मासिक राजश्व उठ्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button