तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना कहरका बीच जिल्ला अस्पताल पर्वत थप सेवामा जुट्दै

 

पर्वत । कोरोना कहरको समयमा पनि जिल्ला अस्पताल पर्वतले भने विभिन्न उपकरणहरू थप गरी अस्पतालको सेवा बिस्तारमा जोड दिएको छ ।

जिल्ला अस्पतालले अहिले तीन वटा भेन्टिलेटर र पाँच बेड आइसियु जडान गरी सेवा दिने तयारी गरिरहेको छ । अहिलेसम्म एक सय आठ जना कोरोना सङ्क्रमित देखिएको पर्वतमा छुट्टै अस्थायी कोरोना अस्पतालको स्थापना गरी सङ्क्रमितको उपचारमा समेत अस्पताल जुटेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो ।

पहाडीका अनुसार अस्पतालमा शव चिसो बनाउने मर्चरी च्याम्बर मेसिन पनि जडान भएको छ ।

थप उपकरण जडान गरेसँगै अस्पतालबाट प्रदान हुने नियमित सेवामा अस्पताल लागिरहेको जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.शिशिर देवकोटाले जानकारी दिनुभयो ।

उहाँले पर्वतमा हालसम्म समुदाय स्तरमा सङ्क्रमण नदेखिए पनि थप सर्तकताका साथ अगाडि बढेको जानकारी दिनुभयो ।

१५ शय्याको जिल्ला अस्पताल पर्वतले कोरोना भाइरस (कोभिड–१९)को कहरका बीच पनि अत्याधुनिक थप उपकरण जडान गरी बिरामीको सेवामा लागेको हो ।

अस्पतालले अक्सिजन प्लान्ट जडानदेखि विद्युतीय मेडिकल अभिलेख प्रणालीसम्मका उपकरण जडान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button