उपत्यकामा थप चार सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । उपत्यकामा आज थप चार सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप चार सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेहरुमा काठमाडौँमा तीन सय २६ जना, ललितपुरमा ३७ जना र भक्तपुरमा ४५ जना गरी आज उपत्यकामा चार सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी आज देशभर तीन सय ४९ जना महिला र छ सय ९२ जना पुरुष गरी एक हजार ४१ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या ४५ हजार दुई सय ७७ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्