कर्मचारीमा कोरोना देखिएपछि बैंक सील

सुर्खेत । राष्ट्रिय वाणिज्य बैङ्क सुर्खेत शाखाका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैङ्किङ कारोबार बन्द गरिएको छ ।
शाखाको क्यास फाँटमा काम गर्ने एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि सबै सेवा बन्द गरिएको हो । कर्मचारीमा कोरोना देखिएपछि एक सताका लागि बैङ्क सिल गरिएको शाखा प्रमुख लिलाराम ढुङ्गानाले जानकारी दिनुभयो ।
उहाँले कार्यालयलाई सेनेटाइज गरेर कोरोना सङ्क्रमित कर्मचारीलाई आइसोलेसनमा बस्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
उहाँका अनुसार कोरोना सङ्क्रमित कर्मचारीको १८ गते स्वाब लगिएकोमा आज मात्रै रिपोर्ट पोजेटिभ आएको हो ।
अबको पाँच दिन भित्र सबै कर्मचारीको स्वाब परीक्षण गरेर रिपोर्ट आएपछि मात्र सेवा पुनः सुचारु गरिने उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्