तनहुँमा गुडिरहेको ट्रकमा आगलागी
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा शुक्रवार साँझ गुडिरहेको ट्रकमा आगलागी भएको छ ।
आबुँखैरेनी गाउँपालिका वडा नं. ३ मिलन चोकमा गुडिरहेको आईचर ट्रकमा आगलागी हुँदा ट्रक पूर्णरुपमा जलेर नष्ट भएको छ ।
डेरा सर्दाको सामान बोकेर बागलुङबाट चितवनतर्फ जाँदै गरेको ग१ख ७०९६ नम्बरको आईचर शुक्रवार राती ८ ः २० बजेको समयमा अचानक आगलागी हुँदा गाडी पूर्ण रूपले जलेर नष्ट भएको हो ।
आगलागीबाट मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ ।

ट्रकसहित एउटा मोटरसाइकल, घर सर्दाको समानहरू जलेको र दुई वटा सिलिन्डर ग्यास पड्किएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
प्युठान घर भएका चालकसहित गाडीमा एक बालक, एक वृद्ध र दुई जना ट्रकका सहयोगी सवार रहेका थिए ।
अचानक ट्रकमा आगलागी भएपछि ट्रक रोकेर सबै जना हाम फालेर ज्यान जोगाउन सफल भएको इलाका प्रहरी कार्यालय आबुँखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो ।

जेसिबीको सहायताले इलाका प्रहरी कार्यालय आँबुखैरेनी, काली भन्जन गण मार्कीचोक र ३ नं. जगदल गण ढकालटारका नेपाली सेना, आँबुखैरेनीबासीको सक्रियतामा ट्रकमा लागेको आगो निभाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्