तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमित निको भइ डिस्चार्ज भएपछि खाली भयो रंगेली आइसोलेसन

सुनसरी । मोरङको रंगेली नगरपालिकाले कोरोना सङ्क्रमित पुष्टि भएका नागरिकलाई राख्नका लागि साउन २४ गते सञ्चालनमा ल्याएको आइसोलेसन खाली भएको छ ।

हालसम्म रंगेलीमा एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा शनिवार सबै उपचारपछि कोरोना  निको भई डिस्चार्ज भएर  घर फर्किसकेका छन् ।

शनिवारदेखि जनता क्याम्पसको आइसोलेसन खाली भएको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण नेगेटिभ आएपछि आइसोलेसन शनिवारदेखि खाली भएको जनता क्याम्पसमा एक सय शय्याको आइसोलेसन बनाइएको थियो ।

मुख्य बजार क्षेत्रमा पर्ने रङ्गेली–७ मा २२ सहित ३० जना सङ्क्रमित फेला परेपछि रंगेलीले आइसोलेसन बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button