कोशी अस्पतालमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु

सुनसरी । विराटनगरस्थित कोशी अस्पतालमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
शुक्रबार साँझ कोसी अस्पतालमा मृत्यु भएकी महिलाको शनिबार आज बिहान कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो ।
विराटनगर –४ की ६४ वर्षीया महिलालाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि शुक्रवार दिउँसो कोसी अस्पताल लगिएको थियो ।
आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी उनको सोही दिन साँझ मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक डा. लक्ष्मीनारायण यादवले बताउनुभयो ।
स्वाब परीक्षणका लागि पठाइएकी मृतक महिलाको मृत्यु भएको १२ घण्टापछि रिपोर्ट पोजेटिभ आएको हो ।








प्रतिक्रिया राख्नुहोस्