तपाईँ सुन्दै हुनुहुन्छः

समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि सचेतना जगाउँदै स्वास्थ्य मन्त्रालय

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमतिको संख्या अत्यधिक बढ्नुका साथै समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि सरकारले विभिन्न निकाय तथा स्वयंसेवीहरुसंगको सहकार्यमा जनचेतना अभियान शुरु गरेको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी, युनिसेफ, उच्च माध्यमिक विद्यालय सञ्चालकहरुको संस्था हिसान लगायतको सहभगिता रहेको साताव्यापी अभियानको आज काठमाडौंको माइतीघर मण्डलामा शुभारम्भ गरियो । त्यस अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अभियानको उद्धेश्य न्यून संख्याका स्वयंसेवीहरु उपत्यकाका तीनै जिल्ला, काठमाडौं, ललितपुर र भक्तपुरका कोरोना संक्रमण फैलिएका समुदायमै गएर मास्क तथा स्यानिटाइजर वितरण गर्ने तथा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गर्ने रहेको बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की, कोरोना नियन्त्रण अभियानका फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठ लगायतले अभियानबारे जानकारी गराउनु भयो । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलकुमार शर्माले साबुन पानीले हात धुने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्नेजस्ता विषयमा जानकारी बाड्ने र कार्यान्वयन गराउने उद्धेश्यले अभियान सञ्चालन गरिएको जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button