तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीबाट १ करोड ४० लाखको क्षति

जुम्ला । चन्दननाथ नगरपालिका ५ निवासी देवेन्द्र शर्माको घरमा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । शुक्रबार बिहान ४ बजे भएको आलगीबाट मुख्य बजारमा रहेको देवेन्द्र शर्माको घरसहित छेउमै रहेको लविनध्वज खाँडको घरमा आगलागी हुँदा १ करोड ४० लाख बराबरको भौतिक क्षति भएको हो ।

प्रहरीको मुचुल्का अनुसार आगलागीबाट घरधनी देवेन्द्र शर्माको ३८ लाख ८२ हजार क्षति भएको छ भने सोही घरमा भाडा लिएर खाद्यान्न व्यवसाय गरिरहेका राष्टु कठायतको आस्था जनरल स्टोरको गोदाममा आगलागी हुँदा ५० लाखको क्षति भएको छ । गोदाममा राखिएको खुद्रा,खाद्यान्न सामाग्री, ईलेक्टोनिक सामान ल्यापटप,कम्प्युटर,फर्निचर,प्रिन्टर लगायतका सबै सामान जलेर नष्ट भएका छन् ।

प्रहरी सहायक निरीक्षक देवराज भट्टराईका अनुसार देवेन्द्र शर्माकै छेउमा रहेको लविनध्वज खाँडको घरमा समेत आगलागी हुँदा २ लाख क्षती भएको छ । सोही घरमा भाडा लिएर कपडा पसल गरिरहेका पदमराज चौलागाईको प्रकृति सपिङ सेन्टरमा पनि ६ लाख, त्यस्तै जनकध्वज खाँडको घरमा ५० हजार, सोही घरमा भाडामा पसल गर्ने अनुपम कपडा पसलको १ लाख र आसिप खान र रेस्मा जोलाको २६ हजारको क्षति भएको छ । देवेन्द्र शर्माको घरबाट सल्केको आगोले दुई घरमा १ करोड ४० लाखको क्षति गरेको हो ।

बेलैमा आएको चन्दननाथ नगरपालिकाको दमकल तथा सुरक्षाकर्मी र स्थानीयको सक्रियताले मुख्य बजार आगलागी हुनबाट जोगिएको डिएसपी लाल बहादुर धामीको भनाई छ । सोलार व्यट्रि सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । खलङ्गामा तीनदेखि बत्ती नआएको र घरमा पनि कोही नभएको अवस्थामा रहस्यमय तरिकाले आगलागी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button