रुपन्देहीमा ६ सय ८३ सक्रिय संक्रमित
रुपन्देही । रुपन्देही जिल्लामा शुक्रबारसम्म ६ सय ८३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमितको संख्या १ हजार १ सय ९० पुगे पनि ४९४ जना निको भएर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ६ सय ८३ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार हालसम्म १३ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ४ बजेसम्म बुटवलमा ३०, भैरहवामा १५, तिलोत्तमामा ५ जना, देवदहमा १, रोहिणीमा ४,१ र ओमसतियामा १ जनामा संक्रमण पुष्टि भएको शाहले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्