लिदी पहिरो पीडितद्वारा प्रमुख जिल्ला अधिकारीलाई निवेदन पत्र

सिन्धुपाल्चोक । लिदी पहिरो पीडितले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललार्ई निवेदन पत्र बुझाएका छन् ।
पहिरो पीडित व्यवस्थापन समितिका संयोजक रेशम दोङको नेतृत्वमा सदरमुकाम चौतारा आएको टोलीले १० बुँदे निवेदन पेस गरेका हुन् ।
अपर बलेफी हाइड्रो पावरको कारण असुरक्षित भएको बस्तीलाई तत्काल स्थायी रूपमा नै सुरक्षित स्थानान्तरणको माग गर्दै उनीहरूले सो निवेदन पत्र बुझाएका हुन् ।
लिदी पहिरोको मुख्य कारण नै अपर बलेफी हाइड्रो पावर रहेको भन्दै सो हाइड्रो पावरबाट पीडितहरूलाई उचित क्षतिपूर्ति दिलाउन समेत ढकाललाई उनीहरूले अनुरोध गरेका छन् ।
पहिरो पीडिलहरुले पीडितको नाममा सङ्घसंस्थाबाट आएको सहयोग वास्तविक पीडितले नै पाउन भन्ने अगा्रह समेत गरेका छन् ।
सो निवेदन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले तत्काल पीडितहरूको गुनासो सम्बोधन हुने बताउनुभएको छ ।
गत साउन ३० गते बिहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परी ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ भने दुई अझै बेपत्ता छन् ।
लिदीवासीलाई हाल बाँस खर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्