बुटवलमा थप एकजना सङ्क्रमितको मृत्यु

रुपन्देही । शुक्रबार बुटवलमा थप एकजना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार शुक्रबार बिहान ९ बजे मृत्यु भएका ती पुरुष भदौ ४ गते अस्पताल भर्ना भएका थिए । ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो ।






प्रतिक्रिया राख्नुहोस्