तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ का प्रदेश सभाका ११ कर्मचारी सहित २ सय ५२ मा कोरोना


जनकपुरधाम । प्रदेश न. २ का प्रदेश सभा सचिवालयका ११ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको पीसीआर परीक्षणमा ११ जना कर्मचारीमा संक्रमण देखा परेको प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जित कुमार यादवले जानकारी दिनु भएको छ ।

सक्रमित हुनेहरुमा अधिकांश सरसफाईका कर्मचारीहरु रहनु भएको निमित्त सचिव यादवले जानकारी दिनु भएको छ । संक्रमित हुनेहरुमा २२ वर्ष देखि ३८ वर्षका कर्मचारीहरु रहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरि जनकपुरधाम उपमहानगरपालिका क्षेत्र तथा अन्य पालिका तथा पालिकामा रहेको स्वास्थ्य शाखाका कर्मचारी एवं सर्वसाधारण गरेर कूल ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको सामाजिक मन्त्रालयका प्रवक्ता एवं बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनु भयो ।

यसै गरी सर्लाही जिल्लामा ३० जनामा कोरोनाको संक्रमणको पुष्टि भएको छ । नारायणी उपक्षेत्रिय अस्पताल विरगञ्जको पीसीआर परीक्षण गर्दा पर्सा जिल्लामा ६९ जना वारामा २५ जना तथा रौतहट जिल्लामा ४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक २ सय ५२ जना नयाँ संक्रमित संगै प्रदेशमा कोरोनाको संक्रमितको संख्या १० हजार ८ सय ८ पुगेको छ भने कोरोनालाई पराजित गर्दै निको हुनेहरुको संख्या ५ हजार २ सय ५४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button