क्यानले विभिन्न पदमा जागिर खुलायो
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । क्यानले नेपाली टिमको मुख्य प्रशिक्षकसहित विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी योग्यता पुगेका व्यक्तिलाई निवेदन दिन आग्रह गरेको छ ।
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा उमेश पटवालले राजिनामा दिएपछि त्यो पोष्टमा क्यानले प्रशिक्षक खोजिरहेको छ । क्यानले आइसीसीसँग छलफल गरेर मुख्य प्रशिक्षकसहित जनरल म्यानेजर, फाइनान्स म्यानेजर र टिम व्यवस्थापकका लागि आवदेन खुल्ला गरेको छ । यसैगरी सातै प्रदेशका लागि एक एक जना प्रशिक्षक पनि आह्वान गरिएको छ । क्यानले मुख्य प्रशिक्षक १ जना, महाप्रबन्धक १, वित्तीय प्रबन्धक १, व्यवस्थापक १ र प्रदेश प्रशिक्षक ७ जनाको बिज्ञापन खुल्ला गरेको छ ।
झण्डै चार बर्षपनि नेपाल क्रिकेट संघ क्यानको आधिकारीक वेवसाइट फेरी सुरु भएको छ । क्यान निलम्बन भएपछि वेबसाइट नै ब्लक भएको थियो । लामो समयको पर्यासपछि क्यानले तत्कालका लागि वेबसाईटलाई सार्वजनिक गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्