तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय महिला रग्बी टोलीकी कप्तान एलिसा थापालाई कोरोना पोजेटिभ


काठमाडौं । नेपाली राष्ट्रिय महिला रग्बी टोलीकी कप्तान एलिसा थापामा कोरोना पोजेटिभ देखिएको छ । उनी आफैंले फेसबुकमार्फत आफूलाई कोरोनाको भएको बताएकी छिन् ।

आफुले कोरोना परिक्षण गराएको र त्यसको नतिजा उनले ‘कोरोना रिपोर्ट पोजेटिभ आए जस्तै म पनि पोजेटिभ सोचाईसङ्गै घरमै बसेकी छु । म उच्च मनोवलका साथ आइसोलेसनमा बसेको छु, मलाई विश्वास छ म चाँडो कोरोना मुक्त भई पहिले जस्तै काममा फर्कनेछु ।’ भनेर लेखेकी छिन् ।

नेपाली खेलकुदमा पछिल्लो समय कोरोना देखिने क्रम बढेको छ । एपीएफका ३६ जनामा एकैपटक कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button