प्रदेश १ मा बिहीबार ९५ संक्रमित थपिए

सुनसरी । प्रदेश १ मा बिहीबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र ते¥हथुममा २–२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ३३ जनामा संक्रमण देखिए जसमध्ये १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचामा ३ पुरुष, लेटाङमा २ महिला १ पुरुष, कटहरीमा २ पुरुष ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुष र बुढीगंगामा १ महिलामा संक्रमण देखिएको छ त्यस्तै सुनसरीको धरानमा ४ महिला १७ पुरुष ,इटहरीमा १ महिला २ पुरुष, बर्जु भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका १–१ पुरुष र देवानगञ्जमा १ महिला, झापाको कमल गाउँपालिकामा २ महिला ४ पुरुष विर्तामोडमा ४ महिला १ पुरुष अर्जुनधारामा १ पुरुष संखुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुष धनकुटाको शहिदभूमीमा १ पुरुष धनकुटा नगरपालिकामा १ महिला ते¥हथुमको म्याङलुङमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ६८० पुगेको प्रदेश १ बाट ६० जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७४७ पुगे प्रदेश १ मा बिहीबार १ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म ९३ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्