शान्तीको प्रतिक परेवा उडाएर उराँवहरुको करम पुजा सम्पन्न
सुनसरी । सुनसरीका उराँवहरुले शान्तीको प्रतिक परेवा उडाएर सामाजिक दुरी कायम गर्दै निज्ज करम पुजा मनाएको छ ।
भाद्र पूर्णिमाका दिन मनाउने चाड करम पुजा सुनसरी इनरुवामा शान्तीको प्रतिक परेवा उडाएर उरावहरुले बिहीबार करम विर्शजन गरेको हो ।
सुनसरीको इनरुवा सहित जिल्लाका १२ वटै स्थानीय तहका उराँवहरुले करमको हाँगा र बोटको पुजापाठ गरेर मनाउने चलन अनुसार नै बुधबार गाउँगाउँमा मनाइएको र वीहिबार करम विसर्जन गरेर सम्पन्न गरेको छ ।
नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरीको आयोजनामा भएको करम पुजामा प्रदेश १ का प्रतिप्रक्षी दलका नेता राजीव कोईराला, संघीय सांसद सिताराम मेहता, इनरुवा २ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव, इनरुवा ५ का वडा अध्यक्ष अन्जनी कुमार पोखरेल सहितको उपस्थिती रहेको सामाजिक दुरी कायम गरेर अथितिहरुले पुजामा सहभागी हुदै शुभकामना दिनुभएको थियो । उनीहरुले करम नगाडे पनि घरमा करमको नाममा पूजा–पाठ गर्नुपर्छ सोही अनुसार करम मनाएको हो । करम गाड्नाले परिवारमा श्रीसम्पत्ति आउने, परिवार सुख–शान्तिमा हुने र परिवारमा अकाल मृत्यु नहुने जनविश्वास रहेको नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँव ले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्