सेवाग्राहीसँग घुस लिँदैगर्दा वडाध्यक्ष पक्राउ
रुपन्देही । सेवाग्राहीसँग घुस लिँदैगर्दा रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष सरोजकुमार पाण्डेयलाई अख्तियार टोलीले नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको प्रमाणका आधारमा पाण्डेलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो ।
पाण्डेयले सेवाग्राहीलाई सहकारीबाट अनुदान रकम उपलब्ध गराउनका लागि सहजीकरण गरिदिएको भनेर २० हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । पाण्डेयलाई आज दिउँसो सवा तीन बजे रोहिणीबाट नियन्त्रणमा लिइएको हो ।
पाण्डेले अनुदान दिलाउन सहयोग गरेको भनेर ४५ हजार रुपैयाँ घुस रकम माग गरेमध्ये २० हजार रुपैयाँ लिएको प्रमाणका आधारमा नियन्त्रणमा लिइएको र प्राप्त प्रमाणका बारेमा उनी माथि थप अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्