तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनमा १२ जुवाडे पक्राउ

सुनसरी । जुवातास खेल्दै गरेको अवस्थामा १२ जना लाई इलाका प्रहरी कार्यालय पथरी मोरङ्गले नियन्त्रणमा लिएको छ ।

उनीहरू जुवा तास खेल्न ५० किलोमिटर भन्दा बढी दुरी यात्रा तय गरी कानेपोखरी ७ मा आउने गरेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा बुधवार दिउसो वुद्धशान्तिका श्याम लिम्बू, मनिष लिम्बू बिर्तामोडका लक्ष्मी कुमार तामाङ, सञ्जीव घतानी हल्दिवारीका ताराकुमार जोगी, धरानका किरण उदास र रुपचन लिम्बू लेटाङका समीर तामाङ, इटहरीका राजन पौडेल, बेलबारीका कृष्ण बहादुर लिम्बू,चन्द्र बहादुर लिम्बू र विमल गुरुङ रहेका छन् ।

कानेपोखरी ७ चौबीस विघेका किशोर लुइँटेलको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूको साथबाट ३ लाख ५ हजार र ११ थान मोबाइल बरामद गरि इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीको नेतृत्वको टोलीले पक्राउ गरेको जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button